एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही हुने

काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका २०८२ विपरीत एम्बुलेन्स सञ्चालन गरेमा कानुनी कारबाही हुने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कसैले एम्बुलेन्स सेवा निर्देशिका पालना नगरे कानुनबमोजिम कारबाही गर्ने बताउनुभयो । मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई प्रभावकारी, व्यवस्थित, मितव्ययी तथा सेवाग्राहीमैत्री बनाउन निर्देशिका जारी गरेको छ । प्रवक्ता डा बूढाथोकीले निर्देशिका विपरीत बिरामी वा घाइतेलाई एक स्वास्थ्य संस्थाबाट अर्को स्वास्थ्य संस्थामा प्रेषण गर्दा केही एम्बुलेन्सले...