मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको ज्यान गयो

काठमाण्डौ – मोटरसाइकल दुर्घटनामा परेर क्रिकेट खेलाडी मिनष थापाको ज्यान गएको छ । आज बिहान मोरङको विराटनगर महानगरपालिका ४ मा २७ वर्षीय थापाको मोटरसाइकल दुर्घटनामा ज्यान गएको हो । थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति १ बजेतिर अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका थापालाई उपचारका लागि कोशी अस्पताल पुर्याउँदै गर्दा डाक्टरले मृत घोषणा गरेका थिए । उनले विराटनगरबाट पोखरा प्रिमियर लिगसँगै कोशी प्रदेशबाट अन्य फ्रेन्चाइज लिग खेलेका छन् । थापाको निधनप्रति...