जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४) मा आन्दोलनकारीको प्रत्यक्ष निशाना प्रहरीलाई बनाइयो । अघिल्लो दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएपछि भोलिपल्ट प्रहरीलाई प्रधान शत्रु मानेर आन्दोलनकारीले प्रहरी कार्यालय मात्रै जलाएनन्, उनीहरूका सवारीसाधन र पोशाक समेत जलाइदिए । प्रहरीका हतियार लुटिए । उपत्यकाका विभिन्न युनिटमा कार्यरत तीनजना प्रहरी कर्मचारीलाई कुटीकुटी वीभत्स हत्या गरियो । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम सिंह थापालाई ‘यही हो गोली चलाउन आदेश दिने डीएसपी’ भन्दै कुटेर मारियो । वृत्त...