भारतको कर्नाटक राज्यको चित्रदुर्ग जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा ११ जनाको ज्यान गएको छ । २४ जना घाइते भएका छन् । नेशनल हाइवे–४८ मा गएराति २ बजे बस दुर्घटना भएको बीबीसी हिन्दीले जनाएको छ । चित्रदुर्गका जिल्ला अधिकारी (डीसी) का अनुसार बेंगलुरुबाट गोकर्णतर्फ जाँदै गरेको स्लीपर कोच बस र विपरीत दिशाबाट आउँदै गरेको ट्रक एक आपसमा ठोक्किएका थिए । दुर्घटनापछि बसमा आगो लागेको समाचारमा जनाएको छ । बसमा ३२ जना यात्रु सवार रहेको र अहिलेसम्म ११ जनाको शव पहिचान भइसकेको अधिकारीहरुले बताएका छन् । घाइतेहरुलाई अस्पतालम...