नेपालगञ्जका मंगले तामाङ अबोट वर्ल्ड म्याराथन मेजर्सको विश्व वरीयतामा सूचीकृत भएका छन् । उनी वर्ल्ड म्याराथनमा नेपालबाट सूचीकृत हुने सबैभन्दा बढी उमेरका नेपाली धावक पनि बनेका छन् । गत मंसिर २२ गते सम्पन्न ११ औं धारा नेपालगञ्ज म्याराथनमा भेट्रानतर्फ ४२.१९५ किलोमिटर दूरी चार घण्टा ३८ मिनेट ५० सेकेन्डमा पूरा गरेपछि मंगलेको नाम विश्व वरीयतामा लेखिएको हो । उनको जन्म २०१५ असार २७ गते भएको हो । संसारका उत्कृष्ट म्याराथन रेसहरूलाई एउटा प्लेटफर्ममा जोड्ने अबोट वर्ल्ड म्याराथन मेजर्सले विश्वभरका उमेर समूहका धावकलाई सूचीकृत गर्दै व...