पर्सा – वीरगञ्ज हुँदै चालू आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड रुपैयाँ मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गएको आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालू आवको यही अवधिमा यो नाका हुँदै ८९ प्रतिशत अर्थात् १८ अर्ब ७९ करोड रुपैयाँ बढीको निर्यात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालू आर्थिक वर्षको पाँच महिनामा यो नाकाबाट हुने निर्यातमा उल्लेखनीय वृद्धि भएको बताउनुभयो । १ अर्ब ५० करोड रुपैयाँ पर्ने विभिन्न किसिमका कपडाहरु निर्यात भएको कार्यालयले जनाएको छ ।