नयाँ दल गठनको गृहकार्यमा लागेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ऊर्जा मन्त्री समेत रहेका उज्यालो पार्टीका अवधारणाकार कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् । कुलमान र बालेनबीच बिहीबार बिहान भेटवार्ता भएको उज्यालो पार्टीका सदस्य डा. अभिषेक सिंहले लोकान्तरलाई जानकारी दिए । आसन्न चुनावमा सहकार्य गरेर जानेबारे छलफल भएको स्रोतले बतायो । कुलमानको उपस्थितिमा उज्यालो पार्टीको कार्यालय उद्घाटन अघि बालेनसँग भेटवार्ता भएको हो । कुलमानको योजनामा नयाँ पार्टी दर्ता हुनुअघि उनीहरूबीच एउटै पार्टी बनाउनेबारे समेत छलफल भएक...