काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीलगायतसँग छलफल गरेका छन् । नयाँ राजनीतिक दल गठनको गृहकार्य गरिरहेका बालेनले शाहीसँग छलफल गरेका हुन् । बालेनका सल्लाहकार कुमार बेनको कुपण्डोलस्थित घरमा बुधबार साँझ ५ बजेदेखि ८ बजेसम्म भएको भेटमा युवा शक्ति मिलेर जाने प्रस्ताव भएको स्रोतले जानकारी दियो । ‘बालेनजीले युवा शक्तिहरू एकजुट भएर जाऊँ भन्नुभयो। हिजो सँगै हो, आज पनि सँगै काम गरौं भन्ने प्रस्ताव छ । जहाँ भए नि एकजुट हुनुपर्यो,’ बालेनस...