कुमार बेनको घरमा बालेन-रवि वान टु वान वार्ता

काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच फेरि भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार दिउँसो ललितपुरको ज्वागलस्थित बालेनका विश्वासपात्र कुमार बेन (कुमार व्यञ्जनकार)को घरमा  वान टु वान वार्ता चलिरहेको छ । यसअघि उनीहरूबीच सोमबार राति करिब ७ घण्टा कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा भेटवार्ता भएको थियो । त्यो दिन उनीहरूबीच फेरि भेट्ने सहमति भएको थियो । बालेनले बुधबारदेखि राजनीतिक भेटघाट तीव्र पारेका छन् ।  रविसँग भेट्...