सुनिल शर्माले बालेनसँग उठाए संसद् पुनः स्थापनाको विषय

नेपाली कांग्रेसका नेता सुनिल शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) शाहसँग भेटवार्ता गरेका छन् । बालेनले भेट्न बोलाएपछि आफू पुगेको शर्माले बताए । बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित घरमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको शर्माले जानकारी दिए । भेटमा आफूले संसद् पुनः स्थापनाको विषयमा मत राखेको पनि उनले बताए । ‘गोलमेच बैठक गरेर सर्वपक्षीय सरकार बनाउने कुरा मेरो प्राथमिक धारणा र आफ्ना विचार उहाँसँग राखेँ र उहाँका कुरा पनि ध्यानपूर्वक सुनियो,’ नेता शर्माले भने, &lsqu...