बालेनले स्पष्ट भने- म संसदीय राजनीतिमा आएँ, चुनाव लड्छु

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले संसदीय राजनीतिमा आउने घोषणा गरेका छन् ।  केही दिनदेखि विभिन्न नेता तथा समाजका व्यक्तिहरूसँग निरन्तर संवादमा रहेका उनले आफू अब हुने चुनावमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बताएका हुन् ।  भेटमा सहभागी एक नेताले लोकान्तरसँग कुरा गर्दै बालेनले पार्टी राजनीति गर्ने, चुनाव लड्ने र कार्यकारी प्रमुख बन्ने बताएका थिए ।  सहयोगी कुमार बेनको घरमा भएको छलफलमा बालेनले संसदीय राजनीतिमा आफू आइसकेको बताएका थिए  । ‘म चुनाव लड्छु । संसदीय...