सम्झौता नहुँदासम्म रवि र बालेनलाई बाहिर जान दिँदैनौं भन्दै सुधन गुरुङले लगाए गेटमा ताला

जेनजी अगुवा एवं हामी नेपालका संयोजक सुधन गुरुङले रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई समझदारीका लागि दबाब दिएका छन् । ललितपुरको ज्वागालस्थित कुमार बेनको घरमा बिहीबार दिउँसो लामिछाने र साहबीच छलफल भइरहँदा गुरुङले गेटमा ताला लगाएपछिको भिडियो सार्वजनिक गर्दै सहमतिका लागि दबाब दिएका हुन् । सम्झौता नहुँदासम्म लामिछाने र सहलाई बाहिर जान नदिने उनको भनाइ छ । 'हाम्रो दुई जना नेताहरू भित्र हुनुहुन्छ, जबसम्म दुईजना मिल्नु हुँ...