नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलले चुनावमा जोड गरे पनि आफूहरूले चुनावको वातावरण छैन भनेर जवाफ दिएको बताएका छन् । चुनावको वातावरण नरहेको र बन्ने लक्षण पनि नदेखिएको उनको भनाइ थियो । ११ औं महाधिवेशनमा खटिएका युथ भोलेन्टियर्सलाई धन्यवाद दिन बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले राष्ट्रपतिसँग चुनावको वातावरण बन्न नसकेको कुरा राखेको बताएका हुन् । ‘राष्ट्रपतिले बोलाउनु भएको थियो । प्रधानमन्त्री र उहाँको जोड चुनाव गराउनु पर्छ भन्नेमा भियो । हामीले भ...