दशरथ रंगशालामा त्रिविका १६ हजार बढी विद्यार्थी दीक्षित [तस्वीरहरू]

त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् । दशरथ रंगशालामा बिहीबार भएको कार्यक्रममा त्रिविका १६ हजार ३०० विद्यार्थी दीक्षित बनेका हुन् । दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी भएको अनुमान गरिएको छ । समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्...