नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँगको कुराकानी पछि पनि परिस्थितिमा फेरबदल नभएको बताएका छन् । प्रमुख दलका शीर्ष नेतासहित राष्ट्रपतिसँग भएको छलफलपछि पनि निर्वाचन गर्ने मोटिभ सरकारको नरहेको उनको भनाइ थियो । नेकपा एमालेको महाधिवेशनमा खटिएका युथ भोलेन्टियर्सलाई धन्यवाद दिन बिहीबार आयोजित कार्यक्रममा ओलीले परिस्थितिमा कुनै फेरबदल नआएको बताएका हुन् । ‘अस्ति राष्ट्रपतिसँगको कुराकानी भएपछि पनि परिस्थितिमा फेरबदल भएको छैन, परिस्थिति ज्यूँकात्यूँ छ । निर्वा...