काठमाण्डाै – काठमाण्डौ उपत्यका भन्नासाथ काष्ठकलाको विशेष महत्त्व रहेको क्षेत्रका रूपमा चिनिन्छ । विभिन्न मठमन्दिरमा प्रयोग भएका काष्ठकला र मूर्तिहरूले उपत्यकाको पहिचान झनै बलियो बनाएका छन् । काठमाण्डौ उपत्यकाका भक्तपुर, पाटन, वसन्तपुरलगायत पुराना बस्तीका गल्लीहरूमा घुम्दा घर–भवनमा कुँदिएका अनौठा र सुन्दर काष्ठकलाहरू सजिलै देख्न सकिन्छ । आधुनिक धातु र अन्य सामग्री प्रचलनमा आउनुअघि काठ नै मुख्य सामग्री थियो । मन्दिरहरूमा ठूला–ठूला काठका मूर्ति, देवीदेवता, जीवजन्तु तथा विविध बुट्टाले सजिएका झ्याल–ढोकाहरू आ...