काठमाण्डाै – चार किलो तीन सय ग्राम लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले हवाई मार्ग हुँदै नेपाल आएका विदेशी नागरिकलाई निगरानी गर्ने क्रममा काठमाण्डौ महानगरपालिका वडा नम्बर ९ सिनामङ्गल क्षेत्रबाट पक्राउ गरि आज सार्वजनिक गरेको हो । थाइल्यान्डकी ४० वर्षीया रुसानी कामा, भारतका ५५ वर्षीय जेभियर म्याथ्यू थालियाचेरी र भारतकै २१ वर्षीय मुर्सालेन हुसेन पक्राउ परेका ब्यूरोका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो ।...