प्रतिनिधिसभा निर्वाचन : नेकपाबाट सिन्धुपाल्चोक-२ मा दुलालको नाम एकल सिफारिस

१० पुस, काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीबाट युवराज दुलाल ‘शरद’ को नाम एकल सिफारिस भएको छ । पार्टी जिल्ला कमिटीले दुलालको नाम एकल सिफारिस गरेको हो । बिहीबार भएको २ नम्बर क्षेत्रीय समितिको बैठकले उनको नाम सिफारिस गरेको हो । दुलाल हाल बागमती प्रदेशसभा सदस्य छन् । […]