काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच फेरि भेटवार्ता भएको छ । उनीहरूबीच बिहीबार दिउँसो ललितपुरको ज्वागलस्थित बालेनका विश्वासपात्र कुमार बेन (कुमार व्यञ्जनकार)को घरमा वान टु वान वार्ता भएको हो । बेनको घरमा उनीहरूबीच वार्ता चलिरहँदा बाहिर शुभचिन्तक तथा समर्थक र मिडियाकर्मीको भिड लागेको छ । यसरी जम्मा हुनेहरूमा कलाकार अर्जुन घिमिरे (पाँडे), कलाकार तथा निर्देशक विशाल भण्डारी, हामी नेपालका संयोजक सुधन गुरुङ लगायत छन् ...