बालेनसँग २ घण्टा लामो छलफलपछि रविले भने– वार्ता राम्रो भयो, बाँकी समयले बताउला

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं महानगरका मेयर बालेन साहसँग २ घण्टा लामो वार्ता गरेका छन् । मेयर शाहका सल्लाहकार कुमार बेनको कुण्डोलस्थित निवासमा बिहीबार २ घण्टा छलफलपछि लामिछानेले वार्ता सकारात्मक रहेको बताएका हुन् । बालेनले चुनाव चिन्ह लौरो रहेको देश विकास पार्टीमार्फत नयाँ शक्तिहरू एक ठाउँमा आउन प्रस्ताव गरेका थिए । ‘लौरो टेक्ने कि घण्टी बजाउने ?’ भन्ने प्रश्नमा लामिछाने भने, ‘वार्ता राम्रो भयो । समयले बताउला ।’ लामिछानेसँगको भेटअघि बालेनले ऊर्जामन्त्री...