ड्रिम–११ को प्रायोजन फिर्ता र आईसीसीबाट हुने आम्दानी घटे पनि बीसीसीआई आर्थिक रूपमा बलियो

काठमाण्डाै – अनलाइन फेन्टासी गेम प्लेटमर्फ ड्रिम–इलेभन (११) ले प्रायोजन फिर्ता लिएको र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट हुने आम्दानी घटे पनि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) आर्थिक रुपमा बलियो देखिएको छ । एपेक्स काउन्सिललाई बुझाइएको नोट अनुसार बीसीसीआईले एडिडाससँग छुट्टै प्रायोजन सम्झौतामार्फत घाटा पूर्ति गरेको हो । यस्तै बीसीसीआईले अपोलो टायर्ससँग पनि सम्झौता गरेको छ । ड्रिम–११ जस्ता प्रायोजकहरू र पछिल्ला विधायी परिवर्तनहरूबाट प्रभावित अन्य संस्थाहरू फिर्ताको बाबजुद बीसीसीआईले अर्को साढ...