बङ्गलादेशका विपक्षी नेता तारिक रहमान १७ वर्षको निर्वासनपछि स्वदेश फिर्ता

बङ्गलादेशको लामो समयदेखि सत्तारूढ परिवारका उत्तराधिकारी तथा देशको शक्तिशाली विपक्षी दलका नेता तारिक रहमान झन्डै १७ वर्षको निर्वासनपछि देश फर्किनुभएको छ । राजनीतिक रूपमा प्रेरित उत्पीडनको आरोपमा सन् २००८ मा बङ्गलादेशबाट भागेपछि बेलायतमा बस्दै आउनुभएका ६० वर्षीय रहमान हिजो ढाका आउनुभएको समाचार संस्था अलजजीराले जनाएको छ । आउँदो फेब्रुअरीका लागि तय भएको चुनावमा प्रधानमन्त्रीको शीर्ष उम्मेदवारका रूपमा उहाँकाे चर्चा भइरहेकाे छ । बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष रहनुभएका रहमानले पूर्वप्रधानमन्त्रीसम...