एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त

१० पुस, काठमाडौं । एनआईसी एसिया बैंकको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले अग्रवाललाई बुधबारदेखि नै लागू हुनेगरी अध्यक्ष पदमा नियुक्त गरेको हो । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका अग्रवालले राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । […]