काठमाडौंको भृकुटीमण्डपमा ‘घर निर्माण फेस्ट २०८२’ हुने भएको छ । घर निर्माण फाउन्डेसनको आयोजनामा हुन लागेको फेस्ट आगामी शनिबारदेखि शुरू हुने छ । घर निर्माण क्षेत्रलाई आधुनिक प्रविधि, किफायती समाधान, गुणस्तरीय निर्माण सामग्री तथा नवीन डिजाइनसँग जोड्ने उद्देश्यका साथ फेस्टको आयोजना गर्न लागिएको फाउन्डेसनले जनाएको छ । घर बनाउने सोचमा रहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सरोकारवाला सबैलाई एउटै प्लेटफर्ममा ल्याउने फेस्टको उद्देश्य छ । फे...