जेनजी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह मिलेर अगाडि बढ्नेमा आशावादी रहेको बताएकी छन् । कुपण्डोलस्थित एक घरमा रवि र बालेनबीच भएको भेटपछि बमले यस्तो प्रतिक्रिया दिएकी हुन् । मिल्ने सम्भावना कत्तिको देख्नुहुन्छ भन्ने प्रश्नमा बमले भनिन्- 'त्यो कुरामा हामी आशावादी छौं । मिल्नुपर्छ भन्ने हो ।' बिहीबार नै रवि र बालेनबीच करिब २ घण्टा छलफल भएको थियो । भेटपछि बारिहिने क्रममा रविले छलफल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।