काठमाण्डाै – अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले देशलाई बङ्गलादेश बन्न दिन नहुने बताउनुभएको छ । आज बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाललाई बङ्गलादेश बनाउन दिन नहुने बताउनुभयो । प्रधानमन्त्री कार्कीले अन्तरिम सरकार अचानो जस्तो बनेको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक दल र नवयुवाका समूहले दिनदिनै सरकार छोड् भन्दै गालीगलौज गर्ने गरेको बताउनुभयो । उहाँले सबैतिरबाट गाली आएको भन्दै दिक्दारी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी अचानो ज...