त्रिभुवन विश्वविद्यालयकाे ५१औं दीक्षान्त समाराेह (तस्वीरहरू)

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा १६ हजार तीन सय जनाभन्दा धेरै विद्यार्थी दीक्षित भएका छन् । त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा आज एक समारोहका बीच प्रधानमन्त्री एवम् विश्वविद्यालयकी कुलपति सुशीला कार्कीलगायत शैक्षिक क्षेत्रका अग्रजले उनीहरूलाई दीक्षित भएको घोषणा गर्नुभएको हो । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार एक सय एक जना विद्यार्थी उत्तीर्ण भएका छन् । यसपालिकाे दीक्षान्त समाराेहमा विश्वविद्यालयको इतिहासमा पहिलो पटक नोबेल पु...