एनआईसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोककुमार अग्रवाल नियुक्त भएका छन् । यही पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका अग्रवाललाई नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ समेत लिइसकेका छन् । उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विक...