प्रधानमन्त्री सुशीला कार्कीले आफूहरू अचानो जस्तो बनेको भन्दै दिक्दारी व्यक्त गरेकी छन् । राजनीतिक दलदेखि जेनजीसम्म सबैको निसानामा परेको भन्दै कार्कीले दिक्दारी व्यक्त गरेकी हुन् । 'हामी अचानोजस्तो रहेछौँ । राजनीतिक दलले पनि गाली गर्छन् । अहिले छोड्, भोलि नै छोड् भन्छन्,' कार्कीले भनिन्, 'जेनजीले पनि आजै छोड्, भोलि नै छोड्, पर्सि नै छोड् भन्छन् ।' उनले आफूहरू पेन्डुलम बन्नुपरेको भन्दै निकै सकस र धैर्यका साथ बसेको बताइन् । 'हामी पेन्डुलमजस्तो भयौं । तै पनि सकस गरेर, मेहनत गरेर धैर्यका साथ काम गर्दैछौं,'...