प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि बालेन साहलाई भेट्न कुपण्डोल ज्वागल पुगेका छन् । बुधबार साँझदेखि नै निरन्तर राजनीतिक भेटवार्ता गरिरहेका बालेनले पछिल्लो समय बाबुरामसँग भेटिरहेका हुन् । यसअघि आजै बालेनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पनि भेटिसकेका छन् । काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका बालेनको सक्रियताले राष्ट्रिय राजनीति नै तरंगित बनेको छ । बालेनले संसदीय राजनीतिमा होमिने तयारीस्वरूप राजनीतिक भेटघाटलाई तीव्र...