शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि २६ गतेसम्म सञ्चालन हुने भएको छ । प्रतियोगितामा तीन विभागीयसहित पाँच टोलीको सहभागिता रहने बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले जानकारी दिए । प्रतियोगितामा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लबको सहभागिता रहने छ । प्रतियोगिताका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधार...