महामन्त्रीमै चुनाव लड्ने प्रदीप पौडेलको घोषणा

१० पुस, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले महामन्त्रीमै चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसंग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् । ‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । […]