एपीएफ क्लबमा आबद्ध भए सन्तोष र अनिश

१० पुस, काठमाडौं । एपीएफ क्लबले आसन्न राष्ट्रिय लिग फुटबलअघि दुई नयाँ खेलाडी अनुबन्ध गरेको छ । सन्तोष खत्री र अनिश क्षेत्रीलाई एपीएफ क्लबले अनुबन्ध गरेको जनाएको हो । यसअघि आजै एपीएफले प्रशिक्षकमा राजेन्द्र तामाङलाई पनि नियुक्त गरेको छ ।