पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूलाई उनले यही पुस १४ गते सोमबार आयोगमा बयान दिन जाने बताएका हुन् । 'आयोगले मलाई बयानका लागि पुस ११ गते शुक्रबार आउन पत्र पठाएको थियो, मैले पुस १४ गते सोमबार आउँछु भनेर जानकारी गराएको छु,' उनले भने ।