बाल यौन दुराचारी एपस्टीनसँग जोडिएका थप १० लाखभन्दा धेरै सम्भावित कागजात फेला परे

अमेरिकाको न्याय विभागले मृत्यु भइसकेका बाल यौन दुराचारी जेफ्री एपस्टीनसँग सम्बन्धित सम्भावित १० लाखभन्दा धेरै कागजात फेला परेको बताएको छ । विभागले विज्ञप्ति निकालेर धेरै कागजात भएकोले समीक्षा गरेर फायलको सुरक्षा र पीडितलाई कानूनी सुरक्षा दिने यकिन गरि सार्वजनिक गर्न समय लागेको जनाएको छ । विभागका अधिकारीहरूले केही समयमै सार्वजनिक गर्ने बताएका बीबीसीले जनाएको छ । विज्ञप्ति अनुसार सङ्घीय जाँच ब्यूरो र सङ्घीय अभियोजनकर्ताहरूले न्याय विभाग (डीओजे) लाई कागजातहरू उपलब्ध गराएका हुन् । अमेरिकी राष्ट्...