कृषि कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लागु, यान्त्रिकीकरण र निर्यात प्रबर्द्धनमा जोड

१० पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट माथि उकास्दै आधुनिक, प्रतिस्पर्धी र निर्यातमुखी बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । मन्त्रालयले कृषिमन्त्री डा. मदनप्रसाद पारियारको स्वीकृतिपछि ‘कृषि विभाग तथा मातहतका कार्यालयको कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२’ लागु गरेको छ । यस कार्यविधिअन्तर्गत साना र सीमान्तकृत किसानहरूले कृषि यन्त्रमा सहज पहुँच […]