नेपाली सेना, राष्ट्रिय सेवा दलमार्फत दोस्रो चरणको सामूहिक क्याम्पमा २ हजार २२० जना छात्रछात्रा दीक्षित भएका छन् । राष्ट्रिय सेवा दलमार्फत सञ्चालित ५१ औं ब्याचको दोस्रो चरणको जुनियर डिभिजन एनसीसी तालिममा सहभागी विद्यार्थी दीक्षित भएका हुन् । चालु आर्थिक वर्ष २०८२/८३ मा कुल सात हजार ७१० जना छात्रछात्रा सहभागी थिए । जसमध्ये आज २ हजार २२० जना दीक्षित गरिएको राष्ट्रिय सेवा दलका कार्यकारी महानिर्देशक उपरथी यमप्रसाद ढकालले बताए । चार वटा शिक्षालयमा ७७ जिल्लाका छात्रछात्रा सहभागी हुने उक्त तालिममा नवलपरासी (बर्दघाट–सुस्त...