राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालयमा सञ्चालन गरिएको ५१ एनसीसी जुनियर डिभिजन तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ । पूर्वी तालिम शिक्षालय मोरङको याङ्शिलामा गत मङ्सिर २० गतेदेखि सञ्चालन भएको उक्त तालिम आज सम्पन्न भएको हो । राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका प्रमुख सेनानी सुरेशकुमार श्रेष्ठका अनुसार दीक्षान्त समारोहमा तालिम पूरा गरेका एनसीसी जुनियर डिभिजनका क्याडेटहरूले आकर्षक कवाज प्रदर्शन गरेका थिए । उक्त तालिममा कोशी प्रदेशका आठ, मधेश प्रदेशका सात र बागमती प्रदेशका तीन विद्यालयका २६५ छात्र र २६३ छा...