नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले रोल्पाबाट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को नाम एक नम्बरमा राखेर उम्मेदवार सिफारिस गरेको छ । पार्टीले बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ संयोजक दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको हो । दोस्रोमा वर्षमान पुन, तेस्रोमा कुलप्रसाद केसी, चौथोमा जयपुरी घर्ती र पाँचौंमा दीपक रोकालाई सिफारिस गरिएको छ । प्रचण्ड २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि रोल्पाबाट निर्वाचित भएका थिए । माओवादीको आधार क्षेत्रका रूपमा लिइने यो जिल्लामा शान्ति ...