नेकपा मोरङलाई उम्मेदवार छान्न सकस, बन्यो कार्यदल

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मोरङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न सकस परेको छ । उम्मेदवार छनोटमा समस्या देखिएपछि बिहीबारको पदाधिकारी बैठक कार्यदल बनाएर टुंगिएको छ । मोरङका ६ वटै क्षेत्रबाट सिफारिस भएर आएका ८० जनाबाट घटाएर ३३ जनाको नाम पठाउनु पर्नेमा नेकपा मोरङको आजको बैठकले ८ जनाको नाम थपेको छ । दबाबका कारण ८ जनाको नाम थपिएको एक नेताले बताए । नेकपा स्रोतका अनुसार मोरङको ३ नम्बर क्षेत्रमा जेनजीको तर्फबाट प्रत्यक्षमा योगेन्...