सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द गरिने चर्चा चलिरहेका बेला स्थानीयवासी, जनप्रतिनिधि तथा जेनजी युवाले भन्सार कार्यालय यथावत् राखी स्तरोन्नति गर्न माग गर्दै अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ज्ञापनपत्र बुझाएका छन् । लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको जग्गा हस्तान्तरण तथा सम्मान कार्यक्रममा आज जेनजी युवाको तर्फबाट शिव यादव, सन्तोष यादवलगायतले अर्थमन्त्री खनाललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र बुझाउँदै जेनजी युवा सन्तोष यादवले भने, “शिव यादवलगाय...