नेपाली कम्युनिस्ट पार्टी नुवाकोटको बैठकले फागुन २१ को निर्वाचनका लागि दुई संघीय निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । बैठकले संघीय क्षेत्र नम्बर १ बाट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उम्मेदवारका रूपमा सिफारिस गरेको जिल्ला पार्टीले जनाएको छ । जहाँबाट प्रचण्डसँगै हितबहादुर तामाङको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ । यस्तै, समानुपातिकतर्फ पुष्प लामिछाने, गमला श्रेष्ठ र शिवबहादुर खातीको नाम सिफारिस गरिएको पार्टी स्रोतले जनाएको छ । यसैगरी, नुवाकोट संघीय क्षेत्र नम्बर २ बा...