सिन्धुलीको कमलामाई नगरपालिका–४ मा पेट्रोल छर्की आगो लगाएर ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या भएको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । घटनामा संलग्न रहेको आरोप लागेका व्यक्तिको घरमा स्थानीयले तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिए पनि अवस्था सामान्य नहुँदा कर्फ्यु जारी गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन केही सेल अश्रुग्याससमेत प्रयोग गरिएको थिय...