१० पुस, विराटनगर । सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् । बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले घरायसी विवादका क्रममा २८ वर्षीया श्रीमती खुस्बु खातुनको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको […]