एकदैनि नेपाली कांग्रेसका दुई महामन्त्रीले संसदीय निर्वाचन नलड्ने तहबाट अभिव्यक्ति दिएका छन् । बिहीबार पार्टी कार्यालय सानेपामा बसेको नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संसदीय निर्वाचन नै नलड्ने तहबाट अभिव्यक्ति दिएका हुन्। महामन्त्री गगनकुमार थापाले समेत निर्वाचन लड्दिन भन्दै अभिव्यक्ति दिएको बैठकमा सहभागी एक पदाधिकारीले पुष्टि गरे। थापाले कार्यतालिका अनुसार पुसमा अधिवेशन नहुने भन्दै आपत्ति जनाउँदै नेतृत्व परिवर्तन नगरी निर्वाचनमा होमिने भए आफू चुनाव नलड्ने...