ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको मार्गमा अघि बढाउन नयाँ पुस्ता एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । आज आयोजित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय उद्घाटन समारोहमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका मन्त्री घिसिङले वर्तमान राजनीतिक अवस्था परिवर्तनको निर्णायक मोडमा रहेको उल्लेख गर्दै युवा र नयाँ राजनीतिक शक्तिहरूबीचको एकताले मात्र देशलाई सही दिशामा लैजान सक्ने बताए । संरक्षक घिसिङले पछिल्लो समय देखिएको जेनजी आन्दोलनपछि सिर्जित राजनीतिक चेतनालाई सकारात्मक दिशामा अगा...