नेपाली कम्युनिष्ट पार्टीका नेता दिनानाथ शर्माले आगामी फागुन २१ गते घोषणा भएको निर्वाचन तोकिएकै मितिमा हुने राजनीतिक वातावरण बन्दै गएको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी म्याग्दीको आज बेनीमा बसेको बैठकलाई सम्बोधन गर्दै नेता शर्माले विगतमा भएका राजनीतिक उपलब्धी, संविधान तथा व्यवस्था बचाउँदै जेनजी पुस्ताको आन्दोलनको मर्म र भावना अनुसार देशलाई राजनीतिक निकाश दिन चुनावको विकल्प नभएको बताए । नेता शर्माले राजनीतिक परिवर्तनको अगुवाई गरेको नेपाली कम्युनिष्ट पार्टीले शुसासनको जगमा देशमा राजनीतिक स्थिरता कायम गर्न प्...