काठमाडौं । अक्सर माछा खाने ‘फिसिङ क्याट’ (मलाह बिरालो) ले मोनिटर लिजार्ड (गोहोरो)को शिकार गरेको दुर्लभ दृष्यले संरक्षणकर्मीको चिन्ता बढाएको छ । पश्चिम बंगालको सुन्दरवन क्षेत्रमा ‘माछा बाघ’ पनि भनिने फिसिङ क्याटले गोहोरोको शिकार गरेपछिसो क्षेत्रमा आहाराको कमी हुनसक्ने अनुमान वन्यजन्तुविदहरुले गरेका छन् । फिसिङ क्याट सिमसार क्षेत्रको सबैभन्दा ठूलो शिकारी स्तनधारी जनावर मानिन्छ । […]