नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि शुरू हुँदै

काठमाण्डौ – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप आजदेखि शुरू हुँदैछ । प्रतियोगीता त्रिपुरेश्वरको दशरथ रंगशालाको कभर्डशलमा आज विहान ९ बजेदेखि शुरू हुँदैछ । प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टोली दशौँ पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुनेछन् । पहिलो दिन आज महिला र पुरुष दुवैमा दुई–दुई खेल हुनेछ । आजको पहिलो खेल महिलातर्फ नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश भलिबल संघबीच हुनेछ । यो खेल बिहान ९ बजे शुरू हुनेछ । यस्तै महिलातर्फ दोस्रो खेल बिहान ११ बजे एभरेष्ट भ...