काठमाण्डौमा चिसो बढ्यो, तराईमा आज पनि हुस्सु र कुहिरो

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज हिजोको तुलनामा चिसो बढेको छ । हिजो बिहान बादल लागेकाले चिसो केही कम थियो । आज भने आकाश सफा रहेकाले चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हिजो बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेकोमा आज ५.४ डिग्री सेल्सियसमा झरेको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभाग...